एनआरएनए पोर्चुगलको उपाध्यक्षमा समाजसेवी युवराज खनालको उम्मेदवारी

9.71K
shares

काठमाडौं। जुलाई ३० तरिखमा गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको नयाँ नेतृत्व चयन हुने भएसँगै निर्वाचनको प्रचार प्रसार तिव्र रुपमा बढेको छ ।

बिगत लामो समयदेखि गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको विभिन्न समितिमा रहेर निरन्तर काम गरिराखेका युवराज खनालले उपाध्यक्षमा आफ्ना प्रतिवद्धतासहित उम्मेदवारी दिएका छन् । वर्तमान कार्यसमितिको कोषाध्यक्ष समेत रहेका खनालले आगामी २०२३–२५ को कार्यकालका लागि  उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

पोर्चुगलको यही जुलाई ३० – मा हुन लागेको अधिवेशन तथा आगामी कार्यकालका लागि नेतृत्व चयनको पूर्वसन्ध्यामा खनालले आगामी दिनमा पनि गैरआवासीय नेपाली अभियानमा रहेर सेवा गर्ने अवसरका लागि पोर्चुगलमा रहेका सम्पूर्ण एनआरएन सदस्यहरु लगाएत अन्यलाई उपाध्यक्ष पदमा निर्वाचित गराई दिन अपिल गरेका हुन्। उनको उम्मेदवारीलाई अन्य आकांक्षी भन्दा बलियो रुपमा एनआरएन पोर्चुगलमा लिइएको छ ।

पोर्चुगलको नेपाली समुदायमा हुने हरेक सामाजिक सेवा र मानवीय सेवामा खटिरहने खड्काले एनआरएनए पोर्चुगलको संस्थागत विकासका लागि शुरुवादेखि नै महत्वपूर्ण योगदान दिँदै आएका छन् ।

एनआरएनए पोर्चुगलको कोषाध्यक्षको जिम्मेवारी समेत निर्वाह गरिसकेका खनालले प्रवासमा रहेका श्रमजीवी नेपालीहरूको सबैखाले समस्याहरूको सही पहिचान गरेर समाधान गर्न आफू सधैं तयार रहेको बताएका छन् । विशेष गरी युवाहरूको माझमा लोकप्रिय खनालले आफू नेपाली समुदायप्रति उत्तरदायी रहेर सेवामूलक काम गर्ने भएकाले आफूलाई पोर्चुगलवासी गैरआवासीय नेपालीहरूको साथ मिल्ने विश्वास व्यक्त गरे ।

विगत लामो वर्षदेखि पोर्चुगलमा  बस्दै आएका उनी सामाजिक कार्यमा समेत आबद्ध रहेका छन् । उनले  रोजगारी गुमाएर बसेका, बिरामी परेका, कानूनी तथा प्रक्रियागत झन्झटमा रहेका नेपालीहरूलाई मानवीय सहयोग गर्दै आइरहेका छन् ।

विदेशको भूमिमा रहेका श्रमजीवीहरूको समस्या पहिचान ठोस गरी समाधान गर्ने नेतृत्व लिनका लागि आफूले उपाध्यक्ष पदमा उमेदवारी दिएको उनले बताए ।

पोर्चुगलमा यही जुलाई ३० तारिख नवौ राष्ट्रिय महाअधिवेशन हुँदैछ। नेतृत्व चयनका लागी करिब २५०० सदस्यहरु मतदानमा सहभागी हुँदैछन्।

खनालका यस्ता छन् केही प्रतिवद्धताहरु

१. प्रवासमा हुर्कदै गरेका दोस्रो युवा पुस्तालाई नेपालका विभिन्न शैक्षिक एवं अन्य संघ-संस्थाहरुसँग समन्वय गरि उनीहरुमा रहेको सीप एवं अनुभवलाई साटासाट गर्ने वातावरण सिर्जना गर्न पहल गर्नेछु ।

२. नेपालबाट श्रम तथा अध्ययनका निम्ति विदेशिने नेपालीहरुको लागि सम्बन्धित देशमा जानु अगाडि र पुगिसकेपछि सो देशको बारेमा सम्पुर्ण जानकारी जस्तै – नियम, कानुन अनि पढाई, रोजगारी लगायत आपत–बिपतमा सम्पर्क गर्ने संघ-संस्था वा व्यक्तिको जानकारी एनआरएनएको वेबसाइड र नेपालमा रहेको हेल्पडेस्क मार्फत लिन सकिने ब्यवस्था गर्नेछु ।

३. नेपाली खेलाडीहरुको स्तर उन्नति र सामाजिक सद्भाव सृजनाको लागि नेपाली खेलाडीलाई विदेशमा आमन्त्रण गरि विभिन्न खेल प्रतियोगिता गराउने साथै बिदेशमा रहेका नेपाली खेलाडीहरुलाई नेपालमा राष्ट्रिय खेलकुद परिषदको सह-कार्यमा निरन्तर रुपमा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्न पहल गर्नेछु ।

४. एनआरएनएलाई विशुद्ध नेपाल र नेपालीको हितमा काम गर्ने प्रतिनिधिमुलक सस्था बनाउने र अन्तर्राष्ट्रिय स्तरमा रहेका सम्पुर्ण सामाजिक संस्थाहरुसँग हातेमालो गर्दै अघि बढ्ने छु ।

५. एनआरएनएलाई पारदर्शी र यहाँहरु सबैले दिएको प्रत्येक सहयोगको हिसाब किताब छर्लङ्ग राख्ने र देखाउने वातावरण बनाउन पहल गर्नेछु ।

६. नेपाली भाषा साहित्यको जगेर्ना गर्नु हामी सबै पहिलो पिढीको कर्तव्य हो भन्ने मेरो बुझाइ हो । यसरी नेपाली भाषा साहित्य, संस्कृतिको जगेर्ना गर्न र विश्वब्यापिकरण गर्न एनआरएनको तर्फबाट मेरो पहल र सहयोग रहनेछ भन्ने कुरा पनि अवगत गराउन चाहन्छु ।

७. नेपाल र नेपालीको हितमा एनआरएनएलाई काम गर्ने प्रतिनिधिमूलक संस्था बनाउन पहल गर्नेछु।