आर्थिक अभावले उपचार गर्न नसकेका बिमारीको उपचार गर्न डाक्टर लिएर घरमै पुगे नगरप्रवक्ता श्रेष्ठ !
वि.सं.२०८० साउन १५ सोमवार २३:५९
shares

प्युठान । छुट्टै पहिचान बनाउन सफल भएका सधै रचानात्मक काम गर्दै आएका प्युठान नगरपालिका नगरप्रवक्ता सुमनराज श्रेष्ठको पहलमा एक गरिब तथा बिपन्न परिवारमा निम्तिएको समस्याको समाधान भएको छ । आर्थिक अभावका कारण उपचार गर्न नसकेका बिमारीको उपचार गर्न घरमै डाक्टर लिएर नगरप्रवक्ता श्रेष्ठ गएका हुन् ।
आर्थिक अभावका कारण ४ महिना देखि बिमारी भै घरमै रहेका प्युठान नगरपालिका -१ सालघारी निवासी सन बहादुर नेपालीलाई उनको स्वास्थ्य अवस्था जाच र आबश्यक सहजीकरणका लागि डाक्टर सहित उनकै घरमा पुगेका हुन् ।

समाजसेवी डा. राजेन्द्र पौडेलद्धारा प्रारम्भिक उपचार र उनको स्वास्थ्य अवस्थाको जानकारी संगै उपचारको आवश्यक प्रबन्ध समेत मिलाइएको हो।

बिरामीको अवस्था सहित सुचना प्रवाह र आज सम्म गरिएको सहयोग सहजीकरणका लागि प्युठान नगरपालिकाका बाताबरण तथा बिपत ब्यबस्थापनका संयोजक सुनिल सापकोटालाई नगरप्रवक्ता श्रेष्ठले हार्दिक आभार समेत ब्यक्त गरेका थिए ।
साथै जनताकै घर आगनमा पुगि स्वास्थ्य पहुच पुर्याउनु हुने एवं अभियानलाइ साथ दिनु हुने डा. राजेन्द्र पौडेलप्रति बिशेष धन्यवाद समेत दिएका थिए ।































