कांग्रेस सांसद सुनील शर्मा पक्राउ
वि.सं.२०८० साउन २५ बिहीवार १६:३५
4.98K
shares
shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीवार दिउँसाे काठमाडौंको गल्फुटारस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।
पक्राउको कारण खुल्न बाँकी छ । शर्मा मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
उनी एक क्विन्टल सुन तस्करी प्रकरणमा अर्थ र गृहमन्त्रीमाथि नै छानबिन गर्नुपर्ने बताउँदै आएका थिए ।






























