सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ

5.71K
shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेको सुन तस्करी प्रकरणको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज थप चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्ने चिनियाँ नागरिकमा डीङ सेग्फा, वेन तोङ, ली–नेङकाई र टीयान मी रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए। पक्राउ परेका चिनियाँ नागरिकलाई अवैध सुन ओसारपसार तथा सङ्गठित अपराधअन्तर्गत मुद्दा चलाइने छ।

उनीहरूलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ। सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या २१ पुगेको प्रहरी नायब महानिरीक्षक कडायतले बताएऽ

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सुनसहितको एक सय ५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । मंगलबार गालेर जोख्दा ६० किलो मात्र सुन भएको पुष्टि भएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083