स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. संगीता मिश्रा नियुक्त

7.9K
shares

 काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. संगीता मिश्रा नियुक्त भएकी छन् । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा. मिश्रालाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

डा. मिश्रा स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिवमा थिइन् । यस अघि विभागको महानिर्देशकमा डा. दिपेन्द्र रमण सिंह थिए । डा. सिंहलाई मन्त्रालय तानिएको छ ।

यस्तै, कान्ति बाल अस्पतालको निर्देशकमा बाल रोग विशेषज्ञ डा. पंकज रायलाई जिम्मेवारी दिइएको छ ।  उनी ११ औं तहका चिकित्सक हुन् । यस अघिका निर्देशक डा. युवानिधि बसौलालाई कान्तिमै राखिएको छ ।