‘म यस क्षेत्रमा जनताको सेवकको रुपमा काम गर्न आएको हुँ : नेता भुषाल

गगन थापालाई अभियानमा सहयोग गर्न युवा नेता भुषालको अपिल

Nepal Life Insurance Long Ad

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ईन्द्र भुषालले अहिलेको वर्तमान सरकारले देश र जनताको लागि काम गर्दै अघि बढी रहेको बताएका छन् ।

सिफल कालोपुलमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ काठमाडौं वडा न ७ मा
धर्मधक्त माथेमाको शालिक स्थलमा माला अर्पण गरि शनिबार उद्घाटन गर्दै भुषालले प्रचण्ड नेतृत्वको सरकारले सुशासनका पक्षमा गरेको कामले जनतामा उत्साह बढेको बताए । देशमा पहिलो पटक सरकारले पनि जनताको काम गर्दोरैछ भन्ने सन्देश प्रवाह भएको बताए ।

‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ काठमाडौं वडा न ७ को संयोजकको जिम्मेवारी पाएका युवा नेता भुषालले माओबादीकै उपलब्धीले नेपालमा गणतन्त्र आएको बताए । म यस क्षेत्रमा कुनै नेताको रुपमा आएको होईन सेवकको रुपमा आएको हुँ तपाईहरुकै समस्याहरुको हल गर्न आएको नेता भुषालले बताए ।

May be an image of 4 people

यस वडामा रहेका शिक्षा स्वास्थ्य खानेपानी लगाएत बिविध समस्याहरुलाई यस अभियानले हल गर्ने समेत बताए। अब माओवादी त्यसै चुप लागेर नबस्ने बताउँदै यस वडाका सार्वजनिक जग्गाहरु हडपेर प्रयोग गर्दै आएका हरेक निकाय ब्यक्तीहरुलाई कारबाहीको दायरामा ल्याउने उद्घोष गरेका छन् ।

यसै क्षेत्रबाट निर्वाचित काँग्रेसका नेता गगन थापालाई युवा नेता भुषालले चुनौति दिदै जनताका आधारभुत माग समस्याहरुलाई सम्बोधन गर्न नसक्ने मान्यहरु संसद भवन पुगेको बताए । माओबादी पार्टीे मात्रै जनताका समस्या बुझ्ने, प्रत्यक्ष जनतासँग जोडिने पार्टी भएको बताउँदै जनताका समस्याहरुलाई हल गर्न तपाईहरुले सक्नु भएन, तपाईहरुले जनताको समस्या बुझ्न सक्नु भएन त्यसैले अब हाम्रो यो अभियानमा सहयोग गर्न अपिल समेत गरेका छन् ।

प्रचण्ड नेतृत्वको सरकारको बिरोध गर्नेहरु सबै भ्रष्टाचारीहरु भएको बताउँदै भ्रष्टाचार विरोधी अभियान प्रतिस्पर्धी दल वा आफूसँग असहमत पक्षतर्फ लक्षित रहेको भन्ने भ्रम फैलाउन खोजिएको भन्दै उनले समग्र मुलुकको शद्धीकरणका लागि थालिएको बताए ।

उक्त कार्यक्रममा यसै वडा माओबादीका नेता डम्बर अधिकारी माओबादी केन्द्र काठमाडौं वडा न ७ का अध्यक्ष राममणी भट्र सचिव अम्बीका कोईराला, सम्पुर्ण पदाधिकारी, पार्टी सदस्य, जिल्ला समन्वय समितीका नेता सोज पन्त त्यसैगरी काठमाडौ महानगरका नेताहरु युवा बिद्यार्थी नेताहरु साथै बौद्धीक वर्ग बुद्धीजीबी राजनितिक बिश्लेषक लगाएतको उपस्थीती रहेको थियो ।

तस्वीरमा हेर्नुहोस्

May be an image of 2 people, monument and text

No description available.

May be an image of 2 people, temple, monument and text

No description available.

May be an image of 4 people and text

May be an image of 2 people and crowd

May be an image of 2 people and crowd

May be an image of 7 people

१६ भदौ २०८०, शनिवार १७:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु