उपाध्यक्ष डा.लामा र लुम्बिनी प्रदेश सभामुुख घर्ती बीच भेटवार्ता!

10.15K
shares

लुम्बिनी । संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामा र लुम्बिनी प्रदेश सभामुुख तुुलाराम घर्ती बीच भेटवार्ता सम्पन्न भएको छ।

सोमबार लुम्बिनीस्थित कोषको प्रधान कार्यालयमा नवनियुक्त उपाध्यक्ष डा. लामाले स्वागत गरे भने लुम्बिनी प्रदेश सभामुुख घर्तीले नवनियुक्त उपाध्यक्ष डा. लामालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।

लुम्बिनी क्षेत्रको धार्मिक, पर्यटकीय, सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका स्थानको पहिचान, संरक्षण, संवद्र्धन तथा व्यवस्थापनमा टेवा पुर्याउनका लागि प्रदेश सरकार एक्यवद्ध रहेको समेत भेटमा प्रदेश सभामुखले भेटमा जनाएका छन् । विश्व सम्पदा आफ्नो क्षेत्रमा परेको कुरालाई गर्व गर्दै सभामुख घर्तीले प्रदेश सरकार सबैखाले सहयोग गर्न तयार रहेको बताएका हुन् ।

लुम्बिनी विकास गुरु योजना अहिलेसम्म पूरा हुनसकेकोमा चिन्ता व्यक्त गर्दै डा.लामाले गुरु योजनाको लक्ष्य यथाशीघ्र पूरा गर्ने प्रण समेत छलफलको क्रममा गरेका हुन् ।

लुम्बिनी बुद्धपथसँग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देबदह, रामग्राम, अरौराकोट, सगरहवा, सिसहनिया, अनोमा नदीलगायतका क्षेत्रलाई धार्मिक पर्याटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्यको साथ अगाडि बढेको उपाध्यक्ष डा.लामाले भेटमा सभामुख घर्तीलाई जानकारी गराएका हुन् । प्रदेश सरकारले यस क्षेत्रको अपनत्व लिने गरि सहयोग गर्न अनुरोध समेत व्यक्त गरेका हुन् ।भेटघाटमा लुम्बिनी प्रदेशका सदस्य दिपेन्द्र पुन, लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचीव सानुराजा शाक्यकाे उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083