अखिल क्रान्तिकारीमा विवाद मिल्यो, ८ बुँदे सहमति
वि.सं.२०८० भदौ २५ सोमवार ११:५२
shares

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्रको विवाद २ वर्षपछि मिलेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रोहबरमा ८ बुँदे सहमति भएसँगै अखिल क्रान्तिकारीभित्रको विवाद अन्त्य भएको हो । क्रान्तिकारीका फ्रयाक्सन इन्चार्ज हिमाल शर्माले नीतिगत सहमतिको प्रस्ताव प्रस्तुत गरेका थिए । नीतिगत सहमति भएसँगै क्रान्तिकारीभित्रको विवाद हल भएको फ्रयाक्सन इन्चार्ज शर्माले बताए ।
‘नीतिगत सहमतिसँगै हामी एकताबद्ध भएका छौं । दुवैपक्षको सहमतिमा २३ औं सम्मेलनको तयारीमा लाग्नेछौं । आजबाट समानान्तर गतिविधि अन्त्य भएको छ’, अध्यक्ष सिंहले भनिन् । साउनमा विद्यार्थी संगठनको फ्याक्सन इन्र्चाजमा शर्मामा नियुक्त भएपछि संगठनात्मक विवाद हल गर्न पहल गरेका थिए । शर्माले प्रधानमन्त्रीसमक्ष विवाद हल गर्ने आधारपत्र प्रस्तुत गरेका थिए । बालुवाटारमा शर्मासहित उपसभापति पम्फा भुसाल, उपमहासचिव वर्षमान पुनलगायत क्रान्तिकारीका नेताहरू रहेका थिए ।































