धरानका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा तोडफोड

6.68K
shares
विराटनगर । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा एक समूहले तोडफोड गरेको छ । मङ्गलबार बेलुका  धरान- १५ स्थित बेघाको घरमा भएको तोडफोडबाट झ्यालको सीसा फुटेको छ ।
उपमेयरका कान्छा भाइ बिष्णुलाई आक्रमण गर्न आएको समूहले घरमा तोडफोड गरेको हो । उपमेयर बेघाले अराजक समूहले आक्रमण गरेपछि तत्कालै प्रहरीलाई खबर गरेपनि प्रहरी नआएको बताए ।

 ‘प्रहरी समयमा आएन’, बेघाले भने, ‘प्रहरी समयमै  नआएका कारण अराजक समूह भाग्यो ।’ आक्रमणबाट घरमा सामान्य क्षति पुगेको उनले बताए ।

सुनसरीका प्रहरी प्रमुख एसपी विपीन गौतमले उपमेयरको घर तोडफोड गर्ने समूहको खोजी भइरहेको बताए ।

divya collage
unigloble collage