अखिल नेपाल महिला संघद्धारा जनयुद्धका शहिदको आमालाई सम्मान
वि.सं.२०८० भदौ २७ बुधवार २३:४८
shares

काठमाडौँ । अखिल नेपाल महिला संघ काठमाडौ महानगरपालिका वडा नम्बर ६, ७ र ८ समितिद्धारा सयुक्त रुपमा आयोजित तिजको शुभकामना तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको अवसरमा अखिल नेपाल महिला संघले जनयुद्धका शहिद विष्णुदेव भट्टराईको आमा अम्बिका भट्टराईलाई सम्मान समेत गरेको छ । जनतासँग माओवादी : बिशेष रुपान्तरण अभियानलाई सफल बनाउन समेत उक्त कार्यक्रमको भुमिका रहेको छ ।
तिजको शुभकामना व्यक्त गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य ईन्द्र भुषालले नेपाली समाज बहुल संस्कृतिले सम्पन्न भएको उल्लेख गरेका थिए । उनले भने, “तिज हिन्दु धर्म मान्ने महिलाहरूको एउटा विशिष्ट पर्व हो। सामाजिक विविधतायुक्त समाजमा यस पर्वको छुट्टै महत्व छ ।’
त्यसै गरी बागमति प्रदेश सदस्य क्षेत्र नम्बर ४ माओबादीका नेता डम्बर अधिकारीले मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा तिजले विशेष टेवा पुर्याउन मद्दत पुर्याएको बताए । तिज आत्मीयता र सद्भावको पर्व पनि हो भन्दै उनले निराहार ब्रतका नाममा पानी समेत नखाई भोकभोकै ब्रत बस्नुको अर्थ नहुने विचार व्यक्त गर्दैे “चित्त शुद्धि भएमा काम पनि स्वतः शुद्धि हुने बताएका थिए ।

कार्यक्रममा ईन्दीरा चौलागाई त्यसै गरी सुनिता काफ्लेले तिजको महत्व र विशेषता सम्बन्धी आ–आफ्ना विचार व्यक्त गर्नु भएको थियो । उहाँहरुले तिजको अवसरमा महिलाहरूले पारिवारिक तथा सामाजिक विभेद, अन्याय र अत्यचार विरुद्ध गीतका माध्यमबाट विद्रोह गर्दै आएको बताउनु भएको थियो।
कार्यक्रममा काठमाडौ महानगरपालिका वडा नम्बर ६, ७ र ८ का समस्त परिवारका सदस्यहरु, राजनितिकर्मीहरु, काठमाडौ महानगर शाखा महाशाखाका प्रमुखहरु, सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो ।























