जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान जारी, तिजको अवसरमा स्वास्थ शिविर सम्पन्न
माओवादी केन्द्र कामनपा वडा नम्बर ६,७ र ८ को संंयुक्त आयोजनामा स्वास्थ शिविर

काठमाडौ । नेकपा माओवादी केन्द्रले देशब्यापी रुपमा चलाएको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान यतिबेला देश भरि नै चलि रहेको छ । विभिन्न जिल्लाहरुमा आआफ्नै गतिबिधिबाट कार्यक्रमहरु चलि नै रहेको छ ।
यसै बिच अभियानलाई निरन्तरता दिदै काठमाडौ उपत्यकामा पनि अभियान निरन्तर जारी नै रहेको छ । नेकपा माओवादी केन्द्र काठमाडौ महानगरपालिका वडा नम्बर ६,७ र ८ को संयुक्त आयोजनामा आज हरितालिका तिजको अवसरमा स्वास्थ शिविर सम्पन्न भएको छ ।
हरितालिका (तीज) पर्वका अवसरमा आज पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने वर्तालु भक्तजनलाई लाईनमा बस्दा स्वास्थमा कुनै पनि समस्या पर्दा तुरुन्त उपचार गर्ने उदेश्यले स्वास्थ शिविर संचालन गरिएको माओवादी केन्द्रका नेता ईन्द्र भुषालले बताए ।
(तस्वीरमा हेर्नुहोस्)
१ असोज २०८०, सोमवार २१:४० बजे प्रकाशित