भीआईपीलाई मापदण्ड विपरीत दिएको सुविधा फिर्ता गर्न राज्य व्यवस्था समितिको निर्देशन

4.38K
shares

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले विशिष्ट व्यक्तिहरुलाई मापदण्ड विपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरुलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको बैठकले भीभीआईपी र भीआईपीहरुलाई मापदण्ड विपरीत उपलब्ध गराइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरुलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो ।

सभापति रामहरि खतिवडाले निर्देशन दिँदै भने, ‘नियम अनुसार भीभीआईपी र भीआईपीहरुलाई प्राप्त हुने सुविधा बाहेकका अन्यलाई मापदण्ड विपरीत उपलब्ध गराइएका पीएसओ, सवारी चालक र भान्सेहरु कुल कति छन् रु र मापदण्ड विपरीत उपलब्ध गराइएका पीएसओ, सवारी चालक र भान्सेहरु १५ दिनभित्र फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरियो ।’

समितिले विशिष्ट व्यक्तिहरुकामा मापदण्ड विपरीत रहेका सुरक्षाकर्मी, चालक र भान्सेलाई फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन र समितिलाई जानकारी गराउन पनि आग्रह गरेको छ । त्यसैगरी सरकारका मन्त्री तथा पदाधिकारीहरुले नियमानुसार पाउनेभन्दा बढी सवारी साधनहरु प्रयोग गरेको भए सो पनि फिर्ता गर्न निर्देशन दिइएको छ ।

समितिले सरकारले अत्यावश्यक सेवाका कार्यालयहरु सार्वजनिक बिदाको दिनमा पनि खोल्ने निर्णय गरेकामा कार्यान्वयन प्रभावकारी नभएको भन्दै सो निर्णय कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083