नेपाल प्रहरी शिक्षालय भरतपुर प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २ १७८ औँ समूहको दीक्षान्त समारोह सम्पन्न

12.38K
shares

काठमाडौ । आइजिपी बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा उत्कृष्ट प्रशिक्षार्थी प्रहरी जवानहरू लगायत उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कार वितरणसगैँ दीक्षान्त निर्देशन दिदै तालिमको समापान गरिएको थियो ।

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी कर्मचारीहरूले आ आफ्नो दायित्व कुशलतापूर्वक निर्वाह गरेको खण्डमा संगठनको छवि उच्च हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “संगठनको छवि प्रहरीले गर्ने काममा निर्भर गर्दछ । जति राम्रो काम गर्‍यो त्यति संगठनको छवि राम्रो हुन्छ ।”

कुँवरले सरकार र प्रहरी संगठनको नीति र उद्देश्य अनुरूप प्रभावकारी रूपमा पुलिसिङ गर्नु नेपाल प्रहरीको मुख्य कार्य रहेको बताउनुभयो । “प्रहरी शक्ति होईन् उहाँले भन्नुभयो राज्यले सुम्पिएको अधिकारीको रुपमा ग्रहण गर्नसक्नुपर्छ । ”
प्रहरी महानिरीक्षक कुँवरले आफ्नो कामको सिलसिलामा प्रहरी कर्मचारीहरू कुनै पनि किसिमको दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्ने बताउनुभयो । कानून भन्दा कोही पनि माथि नभएको भन्दै प्रहरी कर्मचारीहरू प्रहरी आचरण तथा व्यावसायिकता भन्दा बाहिर गएमा कारवाही गरिने उहाँले उल्लेख गर्नुभयो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083