गुनासो व्यवस्थापनका लागि कोशी प्रदेश प्रहरीको QR Code सार्वजानिक

4.8K
shares

काठमाडौ ।कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा असोज ९ गते एक कार्यक्रमको आयोजना विच प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कोशी प्रदेश प्रहरीको QR Code को प्रयोग सम्वन्धि कार्यविधि २०८० सार्वजनिक गर्नु भएको हो । QR Code को सार्वजनिक गर्नु हुँदै संगठन प्रमुख कुँवरले प्रविधिको दुरुपयोग गरी आपराधिक क्रियाकलाप बढ्दो क्रममा रहेको उल्लेख गर्दै प्रहरीलाई दक्षता अभिबृद्धि गरी प्रविधिमा अब्बल बनाई नयाँ नयाँ प्रविधि समेत भित्र्याउनु पर्ने बताउनु भयो ।

उजुरी पेटीकाको Digital संस्करणको रुपमा प्रदेश प्रहरी कार्यालय बिराटनगरले QR Code प्रयोगमा ल्याएको हो । आम सेवाग्राहीहरूको हितलाई मध्यनजर गरी प्रहरीले प्रदान गर्ने सेवामा कुनै गुनासो, पीरमार्का या कैफियत भएमा सिधै QR Code मार्फत सम्बन्धित जिल्लाका जिल्ला प्रहरी प्रमुख समक्ष सेवाग्राहीले आफ्नो भनाई राख्न वा उजुरी गर्न सक्ने छन ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले संचालनमा ल्याएको QR Code को प्रयोग प्रभावकारी भएकोले कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले यसलाई थप परिमार्जन गरी कोशी प्रदेश अन्तरगत रहेका सम्पुर्ण प्रहरी कार्यालयले प्रयोग गर्ने गरी कार्यान्वयनमा ल्याएको हो ।