गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण

6.28K
shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएको छ ।

सोमबार राष्ट्रपति भवन शीतल निवास पुगेर सभापति रवि लामिछाने, महामन्त्री मुकुल ढकाल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसहितका नेताहरू राष्ट्रपति पौडेललाई आममाफीप्रति ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

३ असोज संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले कर्तव्य ज्यानमुद्दामा दोषी ठहर भएर सर्वस्वसहित जेल सजाय भोगिरहेका नेपालगञ्जका गुन्डा नाइके तरुण दलका नेता योग ढकाल (रिगल)लाई आममाफी दिएका थिए । जसको सर्वत्र विरोध भइरहेका बेला रास्वपााले ध्यानाकर्षण पत्र बुझाएको हो ।

‘यहाँ स्वयंले केहीको नाम काटेर सरकारको सिफारिस कार्यान्वयन गर्नुभएको चर्चा भए पनि माफी मिनाहको सूचीमा परेका बाँकेका रिगल भनिने योगराज ढकाल, बाँकेकै चेतन मानन्धरको हत्या अभियोगमा २०७५ वैशाखमा जन्मकैदको सजाय पाएका तरुण दलका स्थानीय नेता ढकाललाई कैदमुक्त गराउन सरकारको गरेको सिफारिस कानूनको अभिष्ट विपरीत भएको तथ्य स्पष्ट छ,’ ध्यानाकर्षणपत्रमा भनिएको छ ।