आईजीपी बसन्त कुँवरद्वारा खेलाडीहरूलाई सम्मान

7.03K
shares

काठमाडौ ।  सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म मित्र राष्ट्र चीनमा सञ्चालन भई रहेको १९ औं एशियन गेम्समा राष्ट्रिय पुरुष क्रिकेट टिममा रहेका नेपाल प्रहरीका ५ जना खेलाडीहरू सम्मानीत भएका छन् । ५ जनामध्येका नेपाल पुलिस क्रिकेट टिमका कप्तान समेत रहेका दिपेन्द्र ऐरीले सेप्टेम्बर २७ मा भएको टी-२० अर्न्तराष्ट्रिय क्रिकेटमा मंगोलिया विरुद्धको खेलमा पहिलो ६ बलमा ६ छक्का प्रहार गरेका थिए ।

May be an image of 3 people, beard, people playing cricket, military uniform and text

साथै ९ बलमा अर्ध शतक पुरा गरी विश्व कीर्तिमान् रचि देश र संगठनको प्रतिष्ठा र गौरव अभिवृद्धि गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्‍याएका छन् । त्यसैले ऐरीलाई नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंमा आयोजित कार्यक्रममा विशेष बढुवा प्रदान गर्नुका साथै खेलाडीहरूलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सम्मान गरेका छन् ।

May be an image of text

May be an image of 3 people

May be an image of 3 people

May be an image of 3 people and text

May be an image of ‎text that says '‎KELME BIA من‎'‎


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083