“नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८०” अन्तर्गत काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको निरीक्षण तथा अनुगमन सम्पन्न

5.92K
shares

काठमाण्डाै । नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८० को पूर्व निर्धारित कार्यक्रम अनुसार २०८०-०६-२४ गते बुधबार काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

“कार्यदक्षता मूल्याङकन (Police Baton) २०८०” केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी सहितको मूल्याङकन टोलीबाट कार्यालयको निरीक्षण तथा अनुगमन गरिएको हो । निरीक्षणको क्रममा कार्यालयको भौतिक पुर्वाधारको अवस्था, उपलब्ध श्रोत साधनहरूको व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण, प्रहरी कार्य र परिचालन कक्ष, मानवश्रोत व्यवस्थापन लगायत विभिन्न शाखाहरूको काम कारवाहीको निरीक्षण भएको थियो ।

May be an image of 3 people and text

निरीक्षण पश्चात प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले प्रहरी कर्मचारीहरुका जिज्ञासा सम्बोधन गर्नु हुँदै काठमाण्डौ उपत्यका अन्तर्गत खटिने प्रहरी कर्मचारीहरू देशकै नमूना प्रहरी हुनुपर्ने हुँदा अझै व्यवसायिक भई कार्य सम्पादन गर्न साथै प्रहरी कार्य गर्दा बोली र व्यवहारमा अत्यन्त नरम तथा कानून पालनामा कठोर हुन उपस्थित बरिष्ठ अधिकृत तथा जवानहरुलाई निर्देशन समेत दिनुभयो । उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक ओम बहादुर रानाले काठमाण्डौ उपत्यका प्रहरी कार्यालय तथा मातहत समेतको काम कारवाहीको सम्बन्धमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

May be an image of 7 people, ambulance and text

May be an image of 4 people and text

May be an image of 12 people


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083