इजराइलमा ज्यान गुमाउने नेपाली विद्यार्थीको सम्झनामा माओवादी केन्द्र कामनपा वडा नम्बर ७ समितिद्वारा दिप प्रज्वलन

5.19K
shares

काठमाडौ ।  इजरायलमा विद्रोही संगठन हमासले आक्रमण गर्दा ज्यान गुमाएका नेपाली विद्यार्थीहरुको सम्झनामा आज साँझ नेकपा माओवादी केन्द्र काठमाडौ महानगरपालिका वडा नम्बर ७ समितिकाे  आयोजनामा  चाबहिलकाे स्तुपामा दीप प्रज्वलन कार्यक्रम गरिएकाे छ ।  उक्त दिप प्रज्वलन कार्यक्रमकाे संचालन संयाेजक ईन्द्र भुषालले गरेका थिए ।

विद्रोही संगठन हमासको आक्रमणमा परी सुदूर पश्चिम विश्वविद्यालयबाट कृषि विषय लिएर `लन एन्ड अर्न´ कार्यक्रम अन्तर्गत इजरायलको किबुजस्थित कृषि फराममा इन्टर्नमा रहेका अखिल क्रान्तिकारका सुदुरपश्चिम बिश्वबिद्यालयका राष्ट्रिय समितिका सचिव गणेश कुमार नेपाली लगायत १० जना बिद्यार्थीहरु इजरायल र प्यालेसटान्टकाे सिमावर्ति सहर गाजामा असोज २० गते शनिवार हमास समुहले हमला गरी मृत्य भएकाे थियाे भने केही घाइते भएका हुन् ।

May be an image of 14 people, fire, temple and text

दिप प्रज्वलन कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् जनतासँग माओवादी:विशेष रुपान्तरण अभियान ७ नम्बर वडाका संयाेजक इन्द्र भुषाल बागमती प्रदेश सदस्य डम्बर अधिकारी, रत्नमनी गौतम ,पिताम्बर गिरि त्यसै गरी प्रस्ताबीत बागमती प्रदेश सदस्य मदन लिम्बू, शंकर दत्त बोगटी  वडा समितिका पदाधिकारी, सदस्य युवा विद्यार्थी नेता मदन लिम्बू लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

May be an image of 10 people, temple and text

May be an image of 8 people


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083