निमित्त प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा जनचेतनामूलक कार्यक्रम सम्पन्न
वि.सं.२०८० असोज २५ बिहीवार २२:२०
5.2K
shares
shares

काठमाण्डौ । प्रहरी वृत्त लैनचौर र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,ठमेल काठमाण्डौको आयोजनामा निमित्त प्रहरी महानिरीक्षक तथा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा जनचेतनामूलक अग्नी सुरक्षा प्रदर्शनी तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न काठमाण्डौ महानगरपालिका १६ लैनचौरमा सम्पन्न भएको छ ।
विजया दशमी,शुभ दीपावली,नेपाल सम्बत तथा छठ पर्वको उपलक्ष्यमा आयोजित कार्यक्रममा काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी,जितेन्द्र बस्नेत,जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख प्रहरी वरिष्ट उपरीक्षक भुपेन्द्र बहादुर खत्री, नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय सामाखुसीका प्रमुख प्रहरी वरिष्ट उपरीक्षक डम्बर वि.क.,राष्ट्रिय अनुसन्धान विभाग काठमाण्डौ प्रमुख सह अनुसन्धान निर्देशक विकास पाण्डेको उपस्थीति रहेको थियो ।
त्यसै गरी सशस्त्र प्रहरी बल, नेपाल गण हे.क्वा. विपद उद्दार २० नं गण सिनामंगल प्रमुख सशस्त्र प्रहरी उपरीक्षक पूर्ण बहादुर साउद, काठमाण्डौ महानगरपालिका २६ का वडा अध्यक्ष प्रहरी वृत्त लैनचौरका प्रहरी निरीक्षक उदय सिंह सिजापती, प्रहरी कर्मचारीहरू, स्थानिय जनप्रतिनिधिहरू,शिक्षक,विद्यार्थीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायतको उपस्थिति समेत रहेको थियो ।
कार्यक्रममा नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय सामाखुसीका प्रहरी कर्मचारीले जनचेतनामूलक अग्नी सुरक्षा प्रदर्शनी प्रस्तुत गरिनुका साथै विभिन्न विद्यालयका विधार्थीहरूद्धारा बिबिध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।


















