भरतपुरमा तीन वटा खानेपानी आयोजनाको एकसाथ समुद्घाटन

4.86K
shares

चितवन । चितवनको भरतपुरमा निर्माण भएका तीन वटा खानेपानी आयोजनाको आज (आइतबार) एकसाथ समुदघाटन गरिएको छ ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शारदानगर खानेपानी तथा सरसफाई आयोजना, दिव्यनगर खानेपानी आयोजना र जखडीमाई सहलगानी खानेपानी आयोजनाको एक साथ समुद्घाटन गरेका हुन् ।

सो क्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस खानेपानी आयोजनाले यहाँको जनताले स्वच्छ र गुणस्तरीय खानेपानी पिउने वातावरण बनेकोमा खुशी व्यक्त गरे । उनले महशुल घटाउने विषयमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

May be an image of 7 people, dais and text that says 'शारदानगर जागृती शहरो खानेपानी तथा सरर जखडीमाई सहल ਜी खानेपानी अ दिव्यनगर खानेपाद प्योजना, भरत गय प्रधानमन सम्त सु लदरল TSS'

 

सो क्रममा बोल्दै खानेपानी मन्त्री महिन्द्र राय यादवले यस खानेपानी आयोजना समयमै सम्पन्न गराउन योगदान दिने सबैमा धन्यवाद दिए । उनले भरतपुरमा खानेपानीको समस्या समाधान गर्न केन्द्र सरकार आफ्नो तर्फबाट लागि परेको बताए ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आगामि दुई वर्षभित्रमा भरतपुरमा शतप्रतिशत खानेपानीको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए । उनले उद्घाटन गरेको तीन आयोजनाबाट भरतपुरबासी खानेपानीको समस्याबाट मुक्त भएको बताइन् । तीन वटा खानेपानी आयोजनाबाट ८ हजार ७८७ घरधुरी लाभान्वित भएका छन् ।

समुद्घाटन कार्यक्रम शारदानगर जागृती शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाकी अध्यक्ष सन्तमाया गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

May be an image of 14 people, flute, dais, temple and text that says 'AGUHALE शोरदानगर जागती शहरी खानेपानी तथा सरसफाई आयोजना. जखडीमाई सहलगानी खानेपानी आयोजनार दिव्यनगर खानेपानी आयोजना. भरतपुर. चितवन सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल 'प्रचण्ड' ज्यूवाट संयुक्त समुदघाटन कार्यक्रम शारदानगर भरतपुर चितवन २००० आश्िन गते TSS TSS'

May be an image of one or more people and text


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083