इजरायलबाट थप १९ नेपालीको उद्धार (नामावलीसहित)

5.38K
shares

काठमाडौँ । इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विमानमार्फत् उनीहरूको उद्धार गरिएको हाे ।

परराष्ट्र मन्त्री एनपी साउदले मंगलबार इजरायलको चेल अविवबाट भारतको उद्धार विमानमार्फत १९ नेपालीको उद्धार गरिएको जानकारी दिए । ‘१९ जना नेपाली नागरिक तेल अविवबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ’ उनले भने ।

सरकारले यसअघि इजरायलबाट २५३ नेपालीलाई नेपाल एयरलाइन्सको विमानमार्फत स्वदेश फर्काइएको थियो ।

उद्धार गरिएका नेपाली नागरिकहरू

  1. नन्दसिंह भुल
  2. सुजेन्द्र खड्का
  3. प्रतिभा रौनियार
  4. अनुमा डंगोल
  5. हिना खाँण
  6. आतिस गुरुङ
  7. जुनु गुरुङ
  8. मौसमी पाख्रिन
  9. प्रतिमा तिम्सिना
  10. राजकुमार मानन्धर
  11. संगीता दुलाल
  12. उर्मिला रावल
  13. ममता थापा
  14. दिलकुमारी अधिकारी कार्की
  15. निश्चल श्रेष्ठ
  16. समिता बस्नेत
  17. अम्बिका सुवेदी
  18. सिरता गुरुङ
  19. उर्मिला श्रेष्ठ

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083