नागरिक सुनुवाई कार्यक्रम सम्पन्न (तस्वीरमा हेर्नुहोस्)
वि.सं.२०८० कात्तिक १ बुधवार १५:१४
shares

काठमाडौ । सामुदायिक सेवा केन्द्र,सामुदायिक प्रहरी सेवा केन्द्र काठमाडौं महानगरपालिका – ७ चाबहिलको आयोजनामा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
नागरिक सुनुवाई कार्यक्रममा उठेका प्रश्न तथा गुनासाहरूलाई सम्बोधन गर्दै एआईजी थापाले चाडपर्वको सुरक्षाको लागि सम्बन्धि निकायहरूसँग समन्वय गरी एकिकृत सुरक्षा व्यवस्था गर्ने बताए। शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि सामुदायिक(प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदायिक प्रहरीसँग हातेमालो गर्दै प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह दिई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गर्दै ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउने कार्यमा हातेमालो गर्न अनुरोध समेत गरे।

उक्त कार्यक्रमामा विशेष अतिथि काठमाडौ उपत्यका ट्राफिक प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेल , त्यस्तै अतिथिहरु काठमाडौ प्रहरी परिसर प्रमुख भुपेन्द्र बहादुर खत्री नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सदस्य महेन्द्र घोरासैनी , समाजसेवी बुद्धिजिबी जनप्रतिनिधि नेता, युवा विद्यार्थीहरु वडाबासी नागरिकहरु लगाएतको उपस्थिति रहेको थियो ।
तस्वीरमा हेर्नुहोस्







































