प्रहरी बृत्त नयाँबानेश्वरद्धारा जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न

6.2K
shares

काठमाडौ ।  समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी बृत्त नयाँबानेश्वर, सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर ३१ को संयुक्त आयोजनामा कामपा. ३१ वडा कार्यालय नमुना महिला विकास समितिको सहकार्यमा जनचेतनामूलक प्रशिक्षण कार्यक्रम भएको छ ।

आज बुधबारका दिन शान्तिनगर स्थित कामपा. ३१ वडा कार्यालयको सभाहलमा मानव बेचबिखन कसुर सम्बन्धी पिडितको पहिचान गरी उद्धार गर्न र उक्त कसुरको रोकथाम तथा न्यूनिकरण गर्ने प्रयोजनार्थ INTERPOL बाट संचालित “ Operation Storm Makers II” विषयक Operation संचालन गर्ने योजना बमोजिम मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

May be an image of 7 people and text

प्रहरी बृत्त नयाँबानेश्वरका कार्यालय प्रमुख प्र. ना. उ.  शिवराज बुढाथोकीद्धारा प्रदान गरिएको प्रशिक्षण कार्यक्रममा कामपा. ३१ वडाका वडा अध्यक्ष लगाएत अन्य जनप्रतिनिधिहरू, श्री नमुना महिला विकास समितिका पदाधिकारी तथा सदस्यहरु र स्थानिय महिलाहरू समेत गरी  कार्यक्रममा ७५ जनाको उपस्थिति रहेको थियो ।

May be an image of 10 people, people smiling, hospital and text

May be an image of 9 people and text

May be an image of 9 people, violin, flute and text

May be an image of 8 people


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083