विजया दशमी २०८० को अवसरमा एआईजी दिपक थापाद्वारा टिका ग्रहण कार्यक्रम सम्पन्न

4.29K
shares

काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा बडा दशैँ, २०८० को अवसरमा बुधबार प्रहरी कर्मचारी, पूर्व प्रहरी कर्मचारी तथा प्रहरी परिवारलाई टिका लगाइदिनु भएको छ ।

काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा उपस्थित महानुभावहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक थापाले टिका तथा जमरा लगाइदिनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गर्नु भयो ।

उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी वरिष्‍ठ उपाध्यक्ष श्रीमती रूपा थापाले टीका ग्रहणका लागि उपस्थित महानुभावहरूलाई जमरा र प्रसाद प्रदान गर्नु भएको थियो । ईच्छुक प्रहरी महानुभावहरूलाई टिका लगाउनको लागि दिउँसो २ बजेदेखि ४ बजेसम्मको समय तोकिएको थियो ।

टिका तथा प्रसाद ग्रहणका लागि प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्‍ठ प्रहरी अधिकृतहरू, पूर्व प्रहरी कर्मचारीहरू, प्रहरी अधिकृत तथा जवानहरू एवम् प्रहरीका परिवारहरू समेतको उपस्थिति रहेको थियो । टिका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामना समेत आदान प्रदान गरिएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083