महासचिव गुटेरेसको सम्बोधनबारे सदनलाई जानकारी
वि.सं.२०८० कात्तिक १२ आइतवार १५:३९
3.6K
shares
shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले असोज १४ गतेको संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने जानकारी दिएका छन् ।
आइतबार दिउँसो बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारबाट प्राप्त पत्र वाचन गरेर सुनाउँदै महासचिव गुटेरेसले सम्बोधन गर्नेबारे जानकारी गराएका हुन् ।
प्रतिनिधिसभा नियमावली २५१ मा कुनै विदेशी राष्ट्रको राष्ट्र प्रमुख, सरकार प्रमुख, सभामुख, अध्यक्ष वा संयुक्त राष्ट्रसंघका महासचिवले बैठकलाई सम्बोधन गर्ने व्यवस्थाका लागि सरकारले अनुरोध गरेमा सभामुखले अनुमति दिने सक्ने व्यवस्था रहेको छ ।
































