प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

5.24K
shares

काठमाण्डौ ।  गृह मन्त्रालय (सचिवस्तर) को  गतेको निर्णयानुसार प्रहरी नियमावली २०७१ (संसोधन सहित) को नियम (२) उपनियम २ बमोजिम पदोन्नत हुनु भएका प्रहरी निरीक्षकहरुलाई काठमाण्डौं उपत्यका प्रहरी कार्यालयमा आज बिहीबार आयोजित कार्यक्रमकाबीच काठमाण्डौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।

May be an image of 7 people and text

सुशोभन समारोहलाई सम्बोधन गर्नुहुर्दै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले पदोन्नति हुनु भएका प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी संगठनको श्रीवृद्धि हुने कार्य गर्दै नेपाल राष्‍ट्र तथा नेपाल प्रहरीले राखेका अपेक्षा पूरा गर्नुका साथै राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।

May be an image of 2 people

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी निरीक्षक चक्र बहादुर खड्का क्षेत्रीले पदोन्नतिले प्रहरी संगठनले आफूहरुको मूल्याङकन भएकोमा धन्यवाद दिदै थप जिम्मेवारीलाई कुशलतापूर्वक उच्च अनुशासनमा रही प्रहरी सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रहरी नायव महानिरिक्षक, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

May be an image of 7 people and text

May be an image of 6 people and text

May be an image of 5 people and text

 

May be an image of 6 people and text


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083