एआईजी टेक तामाङद्धारा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको निरीक्षण भ्रमण सम्पन्न
प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्धारा कर्मचारीहरुलाई निर्देशन

बिराटनगर । नेपाल प्रहरी प्रधान कार्यालय नक्शाल काठमाण्डौ, अपराध अनुसन्धान महाशाखाका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले कोशी प्रदेश प्रहरी कर्यालय बिराटनगरको निरीक्षण भ्रमण गर्नु भई प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ ।
निरीक्षण भ्रमणको क्रममा तामाङले कार्यालयका सम्पुर्ण शाखाहरु, मेश लगायतको निरीक्षण गरी कार्यालयको सभाहलमा कार्यरत कर्मचारीहरुलाई निर्देशन दिनु भएको हो । निर्देशनको क्रममा वाहाँले बर्तमान अवस्थामा आम नागरिकको प्रहरी प्रतिको आस्था र विश्वास एवं अपेक्षा बढ्दै गईरहेको र जनताले अब प्रहरीलाई आफ्नो प्रमुख सहयात्रीका रुपमा लिएकाले प्रहरी पनि नागरिक प्रति उत्तरदायी भई सकरात्मक सोचका साथ जनतालाई नै केन्द्रविन्दुमा राखी थप जनमुखी प्रहरी सेवा सम्पादन गर्न निर्देशन दिनु भयो ।
यसका साथै अपराध अनुसन्धानलाई निष्कर्षमा पुर्याउन धैर्यता, लगनशीलता र उच्च व्यावसायिकताले मात्र सम्भव हुने र लैंगिक तथा घरेलु हिंसा लगायतका घटना न्यूनीकरणका लागि सामुहिक रुपमा एक्यबद्ध भई काम गर्नुपर्ने चर्चा गर्दै मानव अधिकारको संरक्षण एवं प्रवर्द्धनका विषयमा प्रहरी संगठन राज्यको कानून कार्यान्वयन गर्ने प्रमुख अंग भएकाले कुनै पनि प्रहरी कर्मचारीलाई कार्यक्षेत्रमा आफ्नो संयमता र धैर्यता गुमाउने छुट नभएको स्पष्ट पार्नु भएको छ ।
अहिलेको प्रतिकुल अवस्थामा कालो बजारी र कृत्रिम अभाव हुन सक्ने तर्फ बिशेष चनाखो हुन र सिमावर्ती क्षेत्रहरुबाट हुन सक्ने घुसपैठ, चोरी पैठारीलाई रोक्न सिमावर्ती क्षेत्रहरुमा बिशेष ध्यान दिन समेत निर्देशन दिदै शान्ति सुरक्षा कायम राख्न अहोरात्र खटिदै आएका प्रहरी कर्मचारीहरुलाई धन्यवाद समेत दिनु भएको थियो ।
निरीक्षण भ्रमणको क्रममा पाल्नु भएका एआईजी तामाङले कोशी प्रदेश प्रहरी कार्यालयको कम्पाउण्डमा बृक्षारोपन गर्नु भएको थियो भने कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले धन्यवाद ज्ञापन गर्दै प्रहरी अतिरक्ति महानिरीक्षक तामाङलाई मायाको चिनो समेत प्रदान गर्नु भएको थियो । तामाङले आजै कोशी प्रदेश प्रहरी तालिम केन्द्रको समेत स्थलगत निरीक्षण गर्नु भएको थियो ।
तस्वीरमा हेर्नुहोस्
१७ कात्तिक २०८०, शुक्रवार १६:३५ बजे प्रकाशित