संसदीय समितिका पदाधिकारी भूकम्पप्रभावित क्षेत्र प्रस्थान

4.16K
shares

काठमाडौं  संसद्को राज्यव्यवस्था समितिका पदाधिकारी भूकम्पप्रभावित क्षेत्र प्रस्थान गरेका छन् ।

राहत वितरणको अवस्थाबारे बुझ्न समितिका ११ सदस्य जाजरकोट र रुकुमपश्चिमका लागि प्रस्थान गरेको सभापति रामहरि खतिवडाले बताए।

उनका अनुसार सबै सदस्य आफ्नै खर्चमा विमानमार्फत् जान लागेका हुन्। टोलीले प्रभावित क्षेत्रमा राज्य संयन्त्रको कामकारबाहीमा पनि प्रभाव नपार्ने उनले बताए । ‘हामी आफ्नै खर्चमा प्लेनमा जाँदैछौँ। खाने बस्ने पनि आफ्नै खर्चमा गर्छाैँ’, थाहासञ्चार नेटवर्कसँग सभापति खतिवडाले भने, ‘हाम्रो भ्रमणले राज्यसंयन्त्रका कुनै पनि कामकारबाही प्रभावित हुन दिँदैनौँ।’

उनले भूकम्प पीडितको अवस्था र राहत वितरणबारे बुझेर फर्किएपछि समितिको बैठकबाट सरकारलाई आवश्यक निर्देशन दिने बताए। भूकम्प गएको पाँच दिन भइसके पनि पीडितलेराहत नपाएको गुनासो गरेपछि समितिका सदस्य प्रभावित क्षेत्र जान लागेका हुन्।

गत शुक्रबार मध्यराति जाजरकोटको बारेकोट गाउँपालिका केन्द्र भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भएको छ भने हजारौँ घर भत्किएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083