चीनले पठायाे भूकम्प पीडितका लागि २८ करोडको राहत सामग्री

3.76K
shares

पोखरा । जाजरकोटमा गएको भूकम्पबाट पीडित भएका लागि चीनले २८ करोड बराबरको राहत सामग्री दिएको छ ।

चिनियाँ सेनाका दुई जहाजमार्फत् पोखरा आईपुगेको राहत सामग्री उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुझेका छन् । उक्त राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि पोखरा विमानस्थलमा उपस्थित थिए।

चीनले हस्तान्तरण गरेका ती सामान अब ट्रकमा हालेर सशस्त्र प्रहरीले शुक्रबार रातिको भूकम्प प्रभावित रुकुम र जाजरकोट क्षेत्रमा पुर्‍याउने भएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083