सांसद् विकास कोषको रकम भूकम्पपीडितका लागि खर्चिने, १० अर्बको कोष निर्माण
वि.सं.२०८० कात्तिक २७ सोमवार १३:५३
3.67K
shares
shares

काठमाडौँ । सरकारले सांसद् विकास कोषको रकम भूकम्पपीडितका लागि खर्चिने भएको छ।
सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सांसद विकास कोषबाट ८ अर्ब २५ करोड रुपैयाँ र दातृ निकायहरुको सहयोगमा १ अर्ब ७५ करोड रुपैयाँ थपेर १० अर्बको कोष निर्माण गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिए।
साथै, भूकम्पले पूर्ण क्षति भएका घरको अस्थायी आवासका लागि वडाको सिफारिशमा प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय पनि भएको छ ।
गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा बढी क्षति भएको थियो ।
































