टिकटक प्रतिबन्धबारे बाेले प्रधानमन्त्री प्रचण्ड

5.08K
shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक अराजकता नियन्त्रणका लागि सामाजिक सञ्जाल टिकटक प्रतिबन्धको निर्णय गरेको बताएका छन् ।

भक्तपुरमा आज नेपाल संवत ११४४ का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सबै राजनीतिक दलको सहमतिका आधारमा यस्तो निर्णय गरेको बताएका हुन् ।

उनले भने, ‘समाजमा विसंगति विकृति अराजकता फैलाउने,राज्यलाई जिम्मेवारीबाट अगाडि बढ्न रोक्ने खालका प्रवृत्ति कसरी नियन्त्रण गर्ने भनेर लामो छलफलपछि देशभित्रका सबै राजनीतिक दल सत्तापक्ष,प्रतिपक्ष सबैको सहमतिपछि अन्तर्राष्टिय रुपमा सबैभन्दा लोकतान्त्रिक विकसित देशले कस्तो मान्यता विकास गरेका छन् भन्ने पनि हेरेर सामाजिक सद्भाव,पारिवारिक एकता खलबल हुनबाट बचाउने उद्देश्यले निर्णय गरिएको हो ।’

उनले अन्तर्राष्ट्रियस्तरमा सबैभन्दा लोकतन्त्रिक र विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्ने कुराको अध्ययन गरेर टिकटक बन्द गरेको बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083