प्रहरी नायव महानिरीक्षक पोखरेलद्धारा बिदाई कार्यक्रम सम्पन्न

5.42K
shares

काठमाडौ । काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक कुवेर बहादुर खड्का सेवाबाट अवकाश भएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा, नक्सालको पत्रादेशानुसार प्रहरी नियमावली २०७१ (संसोधन सहितको) नियम (२) को उपनियम १ को (घ) बमोजिम २०८०/०८/०१ गते देखि लागु हुने गरि उनी अनिवार्य अवकाश भएका हुन् ।

image

खड्कालाई काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा  आयोजित कार्यक्रमकाबीच आज  काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले सेवाबाट निवृत गर्नु भएको हो ।

बिदाई कार्यक्रमा प्रहरी नायव महानिरिक्षक, सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083