काठमाण्डौ उपत्यका प्रहरी कार्यालयद्वारा सुरक्षा चुनौति सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न

5.36K
shares

काठमाण्डौ । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयद्वारा चाडपर्व लक्षित विषेश सुरक्षाको समिक्षा र आगामी दिनमा हुनसक्ने सुरक्षा चुनौति सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न गरेको छ ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा आज नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको अडिटोरियम हलमा कार्यक्रम भएको हो ।

उक्त कार्यालय तथा मातहत कार्यालयका कार्यालय प्रमुख, जुनियर प्रहरी अधिकृत तथा हबल्दार मेजर सम्मका प्रहरी कर्मचारीलाई चाडपर्व लक्षित विषेश सुरक्षाको समिक्षा र आगामी दिनमा हुन सक्ने सुरक्षा चुनौति सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।

निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै एआईजी दिपक थापाले उपत्यका प्रहरीको कार्यशैली राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबिम्बको रुपमा रहने हुनाले उपत्यका प्रहरीले अझै उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्नु पर्ने बताए।

May be an image of 2 people and dais

चाडपर्वको समयमा प्रहरी कर्मचारीले उच्च व्यवसायिकताका साथ सुरक्षा प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले निकट भविष्यमा हुन सक्ने सुरक्षा चुनौतीलाई निष्तेज गर्न मातहतका कर्मचारीसंग समन्वय र सहकार्य गर्दै स्वतन्त्र,निष्पक्ष र भयरहित तवरले प्रहरी कार्य गर्दै आफ्नो व्यवसायिकता प्रस्तुत गर्न निर्देशन दिए ।

गैरकानूनी क्रियाकलापलाई कडाईका साथ कानूनी दायरामा ल्याउन तथा भविष्यको चुनौतिलाई मध्यनजर गरी सूचना संकलनमा प्रभावकारी रूपमा लागी प्राप्त सूचनालाई प्रविधि र प्रहरीको परिचालन गरी ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता’ अभियान अन्तर्गत काठमाण्डौ उपत्यकालाई सुरक्षित बनाउन समेत निर्देशन दिएका थिए ।

कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय तथा मातहत कार्यालयका प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षकहरू, प्रहरी वृत्त तथा प्रभागका कार्यालय प्रमुखहरू तथा अन्य दर्जाका प्रहरी कर्मचारी गरी जम्मा ४५३ प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो ।

May be an image of 10 people and text

May be an image of 1 person

No photo description available.

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083