प्रहरी नायव महानिरीक्षक बास्तोलाद्वारा “दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न”
वि.सं.२०८० मंसिर ६ बुधवार २०:१३
5.81K
shares
shares

बिराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाद्वारा दर्ज्यानी चिन्न सु-शोभन गर्नु भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्शाल मानवश्रोत बिकास बिभागको पत्रादेशानुसार प्राबिधिक प्रहरी नायव निरीक्षक पदबाट प्राबिधिक प्रहरी बरिष्ठ नायव निरीक्षक पदमा पदोन्नती हुनु भएका प्राबिधिक प्रहरी बरिष्ठ नायव निरीक्षक बिरेन्द्र कार्की र प्राबिधिक प्रहरी बरिष्ठ हवल्दार पदबाट प्राबिधिक प्रहरी सहायक निरीक्षक पदमा पदोन्नती हुनु भएका प्राबिधिक प्रहरी सहायक निरीक्षक रुपेश भुजेललाई दर्ज्यानी चिन्हले सु-शोभन गर्नु भएको हो ।































