सशस्त्र प्रहरी बलका शिक्षार्थी अधिकृतहरुलाई प्रशिक्षण सम्पन्न

5.34K
shares

पोखरा । सशस्त्र प्रहरी बलको श्री स्टाफ कलेज काठमाण्डौंमा सञ्चालन भईरहेको सि.सं ८ सशस्त्र प्रहरी कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुलाई प्रदेश अन्तर्गतको शान्ति सुरक्षा र सहकार्यको विषयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा प्रशिक्षण सम्पन्न भएको छ ।

प्रशिक्षणको क्रममा आउनु भएका शिक्षार्थी अधिकृतहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक गजेन्द्र आचार्यले गण्डकी प्रदेशको समग्र भौगोलिक, अपराधिक, प्राकृतिक विपदको अवस्थाका साथै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सहकार्यको विषयमा प्रशिक्षण प्रदान गर्नु भएको छ ।

May be an image of 8 people

प्रशिक्षण पश्चात शिक्षार्थीहरुका जिज्ञासाहरुलाई सम्बोधन गर्नु हुँदै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्दिराज गुरुङले समाजमा शान्ति, सुरक्षा कायम गर्न सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सहकार्य अपरिहार्य रहेको बताउनु भएको थियो ।

May be an image of 5 people and text