मंगल भावना समारोह बिदाई कार्यक्रम सम्पन्न

4.6K
shares

बिराटनगर। बिराटनगर ७ स्थित जैन तेरापंथ भवनमा आयोजित ५ महिने चातुर्मास कार्यक्रममा मार्ग दर्शन दिनु हुने मुनी श्री डा. ज्ञानेन्द्र कुमार र सहवर्ती मुनी श्री सुवोध कुमारलाई प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।

जैन श्वेताम्बर तेरापंथी सभाले आयोजना गरेको मंगल भावना समारोह (बिदाई कार्यक्रम) मा प्रमुख अतिथि बास्तोलाले ५ महिने चातुर्मासमा मुनीश्रीहरुले समाजमा धार्मिक तथा सामाजिक भावना जागृत गर्दै समाज सवल बनाउन दिनु भएको मार्ग दर्शनलाई सबैले आत्मसाथ गर्नु पर्ने बताउनु भयो ।

मंगल भावना समारोह कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष अजिता देवकोटा बास्तोला तथा जैन धर्मालम्वीका अनुयायीहरुको सहभागिता रहेको थियो ।


unigloble collage
baneshwor multiple campus ad -2083