माओवादी केन्द्र कामनपा ७ नम्बर वडा समिति अभियानले कम्प्युटर र अंग्रेजी भाषा निशुल्क सिकाउने
बाग्मती प्रदेशका अध्यक्ष सरल सहयात्रीको प्रमुख आतिथ्यतामा उद्धघाटन हुने

काठमाडौ । ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ नेकपा (माओवादी केन्द्र) काठमाडौ महानगरपालिका ७ नम्बर वडा समिति अभियानले कम्प्युटर र अंग्रेजी भाषा निशुल्क सिकाउने भएको छ ।
‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को आयोजनामा नियमित कार्यक्रम अन्तर्गत नै रचानात्मक एबम् सिर्जनशिल कार्यक्रम गर्न लागेको हो ।
मङ्सिर २४ गते आईतबार चावहिल स्तुपा अवस्थीत अभियानको कार्यलयमा बाग्मती प्रदेशका अध्यक्ष सरल सहयात्रीको प्रमुख आतिथ्यतामा उद्धघाटन हुने भएको छ ।
७ नम्बर वडावासी युवा , विद्यार्थीहरुलाई प्रविधि र भाषामा दक्ष बनाउने उदेश्यले नै निशुल्क कम्प्युटर र अंग्रेजी भाषा कोर्स सिकाउन लागेको वडा नम्बर ७ का अभियान संयोजक ईन्द्र भुषालले बताए । साथै सधै जसो नियमित नै जनतासँग प्रत्यक्ष उपस्थीत भई बिभिन्न कार्यक्रमहरु गर्दै आएको समेत उनले बताए ।
साथै ७ नम्बर वडावासी युवा विद्यार्थी,बुद्धीजीबी वर्ग समाजसेवी लगाएत सम्पुर्ण आम नागरिकहलाई ‘प्रबिधिमा जनताको पहुँच’ कार्यक्रममा सहभागिताको लागि नेता भुषालले अपिल समेत गरेका छन् ।
अभियान शुरु भए देखी नै अभियानलाई निरन्तरता दिदै काठमाडौ महानगरपालिका वडा नम्बर ७ को अभियान सक्रिय ढङ्गबाट निरन्तर अगाडी बढि रहेको छ ।
२० मंसिर २०८०, बुधवार १९:०८ बजे प्रकाशित