विराटनगर आगलागीमा दुई जनाको मृत्यु, ४ जनालाई काठमाडौं ल्याइयाे
वि.सं.२०८० मंसिर २० बुधवार १९:५३
3.87K
shares
shares

काठमाडाैं । विराटनगरको मुख्य बजारको कवाडी पसलमा भएको आगलागीमा परी घाइते भएका चार जनालाई थप उपचारका लागि काठमाडौं ल्याइदै छ । नेपाली सेनाको हेलिकाेप्टरमा आज बेलुका काठमाडौं ल्याइएकाे हाे ।
आगलागीमा परी विराटनगर–६ की ६० वर्षीया रीता सरदार, विराटनगर–६ कै ६५ वर्षीया सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामत र विराटनगर–६ का ५८ वर्षीय किशोर कामत घाइते भएका छन् ।
घाइतेहरूलाई काठमाडौं ल्याउन जिल्ला सुरक्षा समितिको बैठकले हेलिकाेप्टर पठाउन गृह मन्त्रालयलाई अनुरोध गरेको थियो । गृहले नेपाली सेनाको स्काई ट्रक पठाएपछि उनीहरूलाई काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएकाे हाे ।





















