बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
वि.सं.२०८० मंसिर २४ आइतवार १६:४०
shares

काठमाडौ । राष्ट्रीय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीद्धारा “स्ट्याग ग्लोबल च्याम्पियन्स लिग २०२३” प्रतियोगितामा टिम द्वितीय हुन सफल नेपाल प्रहरीका टेबल टेनिस खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गरेका छन् ।

अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा २०८० मंसिर १९ गतेदेखि २०८० मंसिर २३ गतेसम्म लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा आयोजना भएको “स्ट्याग ग्लोबल च्याम्पियन्स लिग २०२३” प्रतियोगितामा टिम द्वितीय हुन सफल खेलाडी तथा प्रशिक्षकहरुलाई आज कार्यक्रमका बीच सम्मान गरेका हुन् ।
उक्त कार्यक्रममा बधाई ज्ञापनको क्रममा प्रमुख अतिथिले नेपाल प्रहरीको तर्फबाट सहभागिता जनाएका विदेशी खेलाडीहरुलाई विशेष धन्यवाद व्यक्त गर्नुका साथै यी र यस्ता कार्यक्रमहरु खेलाडीहरुलाई उत्प्ररित गर्ने प्रयासको रुपमा रहेको कुरा व्यक्त गरेका थिए ।







































