जिल्ला स्थित सुरक्षा समितिका पदाधिकारीहरुलाई Virtual माध्यमद्वारा निर्देशन

4.54K
shares

बिराटनगर । प्रदेश सुरक्षा समन्वय समितिका पदाधिकारीद्वारा जिल्ला स्थित सुरक्षा समितिका पदाधिकारीहरुलाई आवश्यक सुरक्षा व्यबस्थापनको लागि Virtual माध्यमद्वारा निर्देशन दिईएको छ । प्र

देश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशमा आज बिहान आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रदेश सचिव लक्ष्मी प्रसाद पौडेलको संयोजकत्वमा नेपाली सेनाका उपरथी आश बहादुर तामाङ, कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला, सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल तथा राष्ट्रिय अनुसन्धान निर्देशक किशोर श्रेष्ठ समेतको उपस्थितिमा जिल्ला स्थित सुरक्षा समितिका पदाधिकारीहरुलाई भएको निर्देशन कार्यक्रममा नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवा भन्ज्याङ यात्रा अभियानमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

मध्यपहाडी लोकमार्ग अन्तरगत कोशी प्रदेशको उदयपुर जिल्लामा आगमन भइ खोटाङ, ओखलढुंगा, भोजपुर, धनकुटा, तेह्रथुम र पाँचथर जिल्लामा पुगी संकल्प यात्रा समापन हुने कार्यक्रममा कार्यक्रम स्थल, आवागमन मार्ग लगायतका स्थानहरुमा प्रहरी परिचालन गरी कुनै अप्रिय घटनाहरु हुन गर्न नपाउने गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाउनका साथै त्यस्ता अवान्छित क्रियाकलाप भएमा तत्काल नियन्त्रणमा लिन प्रदेश सचिव पौडेल तथा प्रदेश स्तरिय सुरक्षा निकायका प्रमुखहरुले जिल्ला सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिनु भएको छ ।

साथै प्रमुख जिल्ला अधिकारीहरु तथा जिल्ला सुरक्षा निकायका प्रमुखहरुले समेत आ-आफ्नो जिल्लाको बर्तमान शान्ति सुरक्षाको अवस्था र उक्त कार्यक्रम अवधिभर मिलाएको समग्र सुरक्षा अवस्थाको बारेमा अवगत गराउनु भएको थियो ।