माओवादी केन्द्र कामनपा ७ नम्बर वडा समितिले SUPER LEARNING  STRESS Management कार्यक्रम गर्दै

4.82K
shares

काठमाडौ । ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ नेकपा (माओवादी केन्द्र) काठमाडौ महानगरपालिका ७ नम्बर वडा समिति अभियानले SUPER LEARNING  STRESS Management कार्यक्रम गर्ने भएकाे छ ।

‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को आयोजनामा नियमित कार्यक्रम अन्तर्गत नै रचानात्मक एबम् सिर्जनशिल कार्यक्रम गर्न लागेको हो ।

पाैष ५ गते बिहिबार चावहिल मित्र  पार्क अवस्थीत पशुपति बहुमुखी क्याम्पसमा नेकपा (माओवादी केन्द्र ) का उपमहासचिव एबम् पुर्बमन्त्री  जनार्दन शर्मा ( प्रभाकर) काे प्रमुख आतिथ्यतामा उद्धघाटन हुने भएको छ ।

७ नम्बर वडावासी युवा , विद्यार्थीहरुलाई ज्ञान चेतना प्रदान गर्न साथै पछिल्लो समय आम जनता युवाहरुमा फैलिएकाे निराशापनलाई चेतनाकाे रुपमा बृद्धी गर्नका लागि कार्यक्रम गर्न लागेकाे वडा नम्बर ७ का अभियान संयोजक ईन्द्र भुषालले बताए । साथै सधै जसो नियमित नै जनतासँग प्रत्यक्ष उपस्थीत भई बिभिन्न कार्यक्रमहरु गर्दै आएको समेत उनले बताए ।

साथै ७ नम्बर वडावासी युवा विद्यार्थी,बुद्धीजीबी वर्ग समाजसेवी लगाएत सम्पुर्ण आम नागरिकहलाई ‘SUPER LEARNING & STRESS Management कार्यक्रममा सहभागिताको लागि नेता भुषालले अपिल समेत गरेका छन् ।

अभियान शुरु भए देखी नै अभियानलाई निरन्तरता दिदै काठमाडौ महानगरपालिका वडा नम्बर ७ को अभियान सक्रिय ढङ्गबाट निरन्तर अगाडी बढि रहेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083