माओवादी केन्द्र कामनपा ७ नम्बर वडा समितिद्धारा राष्ट्रिय भुमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्कालाई ध्यानाकर्षण
काठमाडौ । ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ नेकपा (माओवादी केन्द्र) काठमाडौ महानगरपालिका ७ नम्बर वडा समिति अभियानले राष्ट्रिय भूमि आयोगको कार्यलयमा पुगि ध्यानाकर्षण गराएको छ । आज ताहाचल अवस्थीत आयोगको कार्यलयमा पुगेर आयोगका उपाध्यक्ष नहेन्द्र खड्का समक्ष अभियानको तर्फबाट ध्यानाकर्षण गराएको हो ।
काठमाडौ महानगरपालिका ७ नम्बर वडाका स्ववासी , सुकुम्बासी लगाएत जनताका भुमीसँँग सम्बन्धित समस्याहरुलाई समधान गर्नका लागि ध्यानाकर्षण गराएको अभियान संयोजक ईन्द्र भुषालले बताए । साथै भुमि सम्बन्धित अन्य बिषयमा समेत महत्वपुर्ण छलफल गरिएको उनले बताए।
आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले आम समस्यामा परेका जनताहरुको समस्यालाई लिएर आएकोमा ७ नम्बर वडा समिति अभियानलाई धन्यबाद ब्यक्त गरेका थिए । भुमि आयोग निरन्तर स्ववासी , सुकुम्बासीहरुको समस्याको दिर्घकालिन समाधन गर्न लागि परेको बताउँदै ,अब चाडै नै यस बिषयको हल हुने बताए । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डसँग निरन्तर छलफलमा नै रहेको कुरा उल्लेख गर्दै प्रधानमन्त्री ‘प्रचण्ड सुकुम्बासी लगाएत भुमीसँँग सम्बन्धित समस्याहरुलाई तत्कालै समाधान गर्न लागि परेको समेत बताएका थिए ।
उक्त ध्यानाकर्षण कार्यक्रममा बागमती प्रदेश सदस्य डम्बर अधिकारी,रत्नमणि गौतम,शंकरदत्त बोगटी, ज्यष्ठ कम्युनिष्ट मंच सदस्य प्रेममणी भट्टराई, वडा पार्टीको नेतृत्व, वडाबासी नागरिक, समाजसेवी, बुद्धिजिबी, युवा विद्यार्थीहरु लगाएतको उपस्थिति रहेको थियो ।
२ पुस २०८०, सोमवार २०:१४ बजे प्रकाशित