नवनियुक्त प्रहरी नायब निरीक्षकहरुको दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

6.38K
shares

काठमाडौ ।  राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा नवनियुक्त प्रहरी नायब निरीक्षकहरुको दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएकाे छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा मातहतमा कार्यरत प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा भएका चार जना प्रहरी सहायक निरीक्षकहरुलाई आज  प्रतिष्ठानका कार्यकारी निर्देशक भण्डारीद्वारा आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सु-सम्पन्न भएकाे हाे ।

पदोन्नती भएका प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्हद्धारा सुशोभन गर्नुका साथै प्रमुख अतिथिज्यूले शुभ-कामना एवं बधाई ज्ञापन गर्दै थपिएको नयाँ जिम्मेवारी प्रति ईमान्दार तथा कर्तव्यनिष्ठ भएर कार्य सम्पादन गर्न हुन समेत निर्देशन दिएका थिए ।

कार्यक्रममा प्रतिष्ठानका निर्देशक प्र.ना.म.नि. रबिन्द्र के.सी. , नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, सह-निर्देशक, उप-निर्देशक, तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083