काठमाडौं जिल्ला प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीद्वारा दर्ज्यानी चिन्ह प्रदान

3.81K
shares

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाण्डौ प्रहरी कार्यालय अन्तर्गतमा रहेका प्रहरी वृत्त तथा प्रभागहरुमा कार्यरत प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा पदोन्नति भएकाहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रहरी परिसर काठमाण्डौमा आयोजित एक कार्यक्रमकाबीच पदोन्नती भएका प्रहरी कर्मचारीहरुलाई कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्र खत्रीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

एसएसपी खत्रीले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै पदोन्नतिसँगै थपिएको जिम्मेवारी पुरा गर्न पूर्ण व्यवसायिक भई इमान्दारिताका साथ कार्यक्षेत्रमा कृयाशिल रहनुपर्ने बताए । थपिएको नयाँ दर्जामा पदोन्नति भएकोमा गर्वबोध गर्दै आगामी दिनमा संगठनको गरिमा उच्च पार्न थप क्रियाशिल, जिम्मेवार र समर्पित भई सेवा गर्नहुन निर्देशन दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083