माओवादी केन्द्र कामनपा ७ नम्बर वडाकाे सम्मेलन सम्पन्न, अध्यक्षमा जीवन घिमिरे निर्वाचित

7.11K
shares

काठमाडौ । नेकपा (माओवादी केन्द्र) काठमाडौ महानगरपालिका ७ नम्बर वडाकाे पाँचौ वडा सम्मेलन भएकाे छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम्  जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान ७ नम्बर वडाका संयाेजक इन्द्र भुषालकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।

‘जनजनमा माओवादी, घरघरमा माओवादी’ नारासाथ माओवादी केन्द्रले संचालन गरिरहेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान अन्तरगत विशेष अधिवेशन आज चाबहिलमा सम्पन्न भएको हो ।

सम्मेलनले जीवन घिमिरेको अध्यक्षतामा ७ पदाधिकारी ,२९ सदस्यीय सर्बसम्मत चयन गर्दै  नयाँ वडा समिति निर्वाचित गरेको छ । उपाध्यक्षमा युवराज धिताल, सरस्वती घाेरासैनी सचिवमा कमल न्याैपाने र कोषाध्यक्षमा मुकुन्द अभय पन्त,दिपक गाैतम, धनऋषी आचार्य निर्वाचित भएका छन् ।

सदस्यहरुमा शुशिला खड्का ,राजिव थापा,खेम चन्द  तिमिल्सिना, मंगल बिश्ट,राजु जैयसवाल,तारा धमला भावना खड्का रविना परियार अर्जुन तामाङ जल बुढा जितेन्द्र शाह लगाएत निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई  बागमती प्रदेशका प्रदेश सदस्य काठमाडौ क्षेत्र नम्बर ४ संयाेजक डम्बर अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

माओवादी केन्द्र वडा – ७ समितिका निवर्तमान वडा अध्यक्ष राममणि भट्टराईकाे अध्यक्षतामा भएकाे सम्मेलनमा रत्नमणि गौतम,रामेश्वर जङ्ग केसी महेन्द्र घाेरासैनी,मदन लिम्बु, शंकरदत्त बोगटी, प्रधान लामा ज्यष्ठ कम्युनिष्ट मंच सदस्य प्रेममणी भट्टराई, वडा पार्टीको नेतृत्व, वडाबासी नागरिक, समाजसेवी, बुद्धिजिबी, युवा विद्यार्थीहरु लगाएतको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083