रुपन्देही प्रहरीको सफलता : चोरीका २३ वटा मोटरसाइकल सहित ८ जना पक्राउ

5.36K
shares

रुपन्देही । रुपन्देही प्रहरीले विभिन्न समयमा चोरी भएका २३ वटा मोटरसाइकल बरामद गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले अभियान सुरु गरेको डेढ हप्तामै कयौं चोरीका मोटरसाइकल, त्यसमा संलग्न मानिस, फरार प्रतिवादी र लागूऔषध ओसारपसार र प्रयोगकर्तालाई नियन्त्रणमा लिएको बताए ।

एसपी बिकका अनुसार यो बीचमा चोरीका २३ वटा मोटरसाइकल पक्राउ गरिएको छ भने त्यसमा संलग्न ८ जना मानिस समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुविरुद्ध चोरीसम्बन्धी ४ वटा मुद्दा अदालतमा दर्ता समेत भएका छन् । प्रहरीले रोयल इनफिल्ड–२, बजाज पल्सर १५० सिसीको १, हिरो स्पेलेन्डर प्लेस ६, बजाज पल्सर २२० सीसीको ३, यामाहा एफजेड १ गरी विभिन्न ब्राण्ड र मोडलका २३ मोटरसाइकल बरामद गरिएको जनाएको छ ।

त्यस्तै दुई वटा फोर्ड इको स्पोर्ट नामक गाडीको एउटै इन्जिन नम्बर देखिएकाले तिलोत्तमा नगरपालिका–२ जानकी नगर स्थित श्रीनगर अटो ग्यारेजबाट नियन्त्रणमा लिएको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–११ भैरहवा बाट चोर गिरोहले एकैरातमा ८ वटा मोटरसाइकल चोरी गरेपछि खोजतलास गर्ने क्रममा अन्य मोटरसाइकल पनि बरामद भएको प्रहरीले जनाएको छ ।

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083