न्यानो कपडा कम्बल बितरण कार्यक्रम सम्पन्न

4.38K
shares

बिराटनगर। मोरङको बिरानटनगर महानगरपालिका-१६ स्थित रहेको दुर्गा मन्दिरको प्राङ्गणमा सामुदायीक प्रहरी सेवा केन्द्र रानीको आयोजनामा न्यानो कपडा कम्बल बितरण गरिएको छ ।

आज बिहान समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत भएको उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्याक्ष श्रीमती अजिता देवकोटा बास्तोलाको बिशिष्ट आतिथ्यतामा बिराटनगर महानगरपालिका वडा नं. १२,१३,१४,१५,१६,१७ र १८ मा रहेका अल्पसंख्यक समुदायका बिपन्न, गरिब, जेष्ठ नागरिक, फरक क्षमता भएका र एकल महिलाहरु समेत २ सय जनालाई न्यानो कपडा कम्बल वितरण गरीएको थियो ।

ईलाका प्रहरी कार्यालय रानीको सहकार्यमा आयोजना गरीएको उक्त कार्यक्रममा स्थानिय जन प्रतिनिधि, संचार कर्मीहरु, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक छेदिलाल कामती, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083