डिआईजी विकास खनालको प्रमुख आतिथ्ययतामा प्रहरी जवानको दीक्षान्त समारोह सम्पन्न
वि.सं.२०८० पुस २३ सोमवार २०:३५
shares

काठमाडौ । नेपाल प्रहरी शिक्षालय भरतपुरको तत्त्वावधानमा नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, कपनमा सञ्चालित “प्रहरी जवान आधारभूत तालिम २-६ समूहको तालिम सम्पन्न भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागका डिआईजी विकास राज खनालको प्रमुख आतिथ्ययतामा एक कार्यक्रमका बिच दीक्षान्त समारोह सम्पन्न भएकाे हाे । कार्यक्रममा प्रमुख अतिथिले उत्कृष्ट प्रशिक्षक र प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाण-पत्र वितरण गर्नुका साथै दीक्षित हुने प्रहरी जवानहरूलाई महत्त्वपूर्ण निर्देशन सम्बोधन गर्नु भएको थियो ।
साथै उक्त दीक्षान्त समारोहमा नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलका एसपी तुल बहादुर कार्कीले शब्दोच्चारणद्वारा दीक्षित भई जाने प्रहरी जवानहरूलाई शपथ ग्रहण गराई कार्यक्रममा उपस्थित सम्पूर्ण माहानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

















