बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न

3.87K
shares

बिराटनगर । बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएकाे छ ।

कोशी प्रदेश प्रहरी प्रमुखको रुपमा कार्यरत रही नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा बिकाश निर्देशनालय नक्साल, काठमाण्डौ सरुवा भई जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलालाई कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको हाे।

बिदाई कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा तथा सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत सहित प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083