अन्तरक्रिया कार्यक्रम सम्पन्न

4.17K
shares

काठमाडौ । राष्ट्रिय  प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम  सम्पन्न भएकाे छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा  २०८०/०३/०३ गतेबाट सञ्चालन भइरहेको “जुडो आधारभूत तालिम ८५ औं समूह”का प्रशिक्षार्थीहरूसँग आज  प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीद्वारा  अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे ।

उक्त अन्तरक्रिया कार्यक्रममा उपस्थित प्रशिक्षार्थीहरूले कार्यकारी निर्देशक समक्ष राखेका विभिन्न जिज्ञासाहरूको सम्बोधन गर्दै जुडो खेलले नेपाल प्रहरीको खेलकुद जगतमा पुर्‍याएको योगदान तथा विभिन्न प्रहरी काम कारवाहीमा जुडोका विभिन्न कला-कौशलको महत्वबारे प्रकाश पार्दै तालिमबाट हासिल गरेका ज्ञान,सिप र कलाको कार्यक्षेत्रमा समेत उच्च मनोबलका साथ प्रभावकारी उपयोग बारेमा निर्देशन प्रदान गर्नु भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083